होमपेज / समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका नवनियुक्त राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् । आज राष्ट्रपति निवास शितल निवासमा अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् ।