होमपेज / समाज
काठमाडाैं | देशभर स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण तरिकाबाट ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको हो ।
सहायक प्रवक्ता चालिसेका अनुसार विगतको उपनिर्वाचनभन्दा अहिले खसेकाे बढी मत प्रतिशत हो । अब दुर्गम ठाउँका केही वडा र पालिकाको अपडेट भएपछि यकिन विवरण आउने उनले जानकारी दिए ।
कीर्तिपुर नगरपालिकामा मत पेटिका संलकपनपछि आजै मतगणना हुने उनले जानकारी दिए । ‘कीर्तिपुरमा मतपेटिका संकलन गर्न गाह्रो छैन,’ उनले भने, ‘यसैले आजै रातिबाट कीर्तिपुर नगरपालिकाकाे प्रमुखको मतगणना गर्ने तयारी छ । अन्य वडाहरूको मतगणना पनि आजैबाट शुरू हुन्छ ।’
आइतबार देशभरका रिक्त ४१ विभिन्न पदका लागि निर्वाचन भएको हो ।