ट्रेण्डिङ

होमपेज / समाज

नेपाल श्रीलंकासँग ५५ रनले पराजित

यु-१९ एसिया कप

नेपालगाथा २०८१ मंसिर १४ गते शुक्रबार १९:३८:१५ मा प्रकाशित

काठमाडौं । यु-१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ । युएईमा जारी पहिलो खेलमा श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटियो । नेपालका मायन यादवले सर्वाधिक ६१ रन बनाए ।

आकाश त्रिपाठीले १९, उत्तम मगरले १४, नरेन भट्टले १७ र अर्जुन कुमालले १२–१२ रन बनाए । बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो । श्रीलंकाका शरुजन शणमुगनाथनले सर्वाधिक ६२ र लकविन अबेसिङ्घेले ५० रनको अर्धसतकीय इनिङ खेले ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top