ट्रेण्डिङ

होमपेज / समाज

अराजक गतिविधि गर्नेलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ - प्रधानमन्त्रीओली

नेपालगाथा २०८१ मंसिर १३ गते बिहीबार १३:५३:५२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रिय सूचना आयोगको १६औँ वार्षिक प्रतिवेदन बुझ्दै अराजक गतिविधि गर्नेलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएकाे छ । साथै उहाँले लोकतन्त्रका सकारात्मक पक्षको सक्दो कार्यान्वयन गर्दै अराजकतालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयाे ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् संघीय संसदमा प्रस्तुत हुनेछ । वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रमकै अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्त्वपूर्ण आदेश संग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरिएको छ ।

प्रमुख आयुक्त गुरुङले आफूहरूको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फर्छ्योट गरिएको जानकारी गराए । वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल २३ मसिंरमा सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top