होमपेज / समाज
काठमाडाैं | परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन प्रस्थान गर्नुभएकाे छ । उहाँ मध्याह्न सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ प्रस्थान गर्नुभएकाे हाे । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन जानुभएकाे हाे ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले मङ्सिर १४ गते चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल गर्नुहुने जनाइएकाे छ ।
परराष्ट्रमन्त्री डा. राणा मङ्सिर १५ गते स्वदेश फर्कनुहुनेछ।
आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमण हुनेछ उक्त भ्रमण दलमा परराष्ट्रमन्त्री राणाकाे पनि सहभागी हुनेछ।