होमपेज / समाज
काठमाडौं । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार खुमलटारस्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नवनियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनौतीहरुको थुप्रोको बीचमा ठूलो जिम्मेवारीको साथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भए तापनि यसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतम प्रयोग गर्ने गरी काम गर्ने उद्देश्यको साथ आफू आएको बताए ।
उनले हिजै मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका थिए ।