ट्रेण्डिङ

होमपेज / समाज

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा सिफारिस

नेपालगाथा २०८१ मंसिर १० गते सोमबार ११:३०:४९ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले आइतबार बेलुकी नेपाल प्रहरीका ८ एसएसपीलाई डीआईजीमा सिफारिस गरेको छ । हालका प्रहरी महानिरीक्षक (आइजी) के ब्याची ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द क्रमशः पहिलो तीन नम्बरको सिफारिसमा परेका छन् ।

यसअघिको बढुवामा अन्यायपूर्वक छुटाइएको टोली यस पटकको बढुवामा समेटिएको छ । राष्ट्रिय अनुसन्धान विभागको अधिकृतका रूपमा भर्ना भई पछि नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा समायोजित टोली डीआइजीका निम्ति सिफारिसमा परेको हो । सिध्दिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्मरबहादुर विक उक्त टोलीका हुन् ।

राष्ट्रिय अनुसन्धानको अधिकृतमा २०५३/०९/०५ मा भर्ना भई पछि प्रहरीमा समायोजन हुने शाह, राठौर, चतुर्वेदी, श्रेष्ठ र विक डीआईजी बढुवा हुँदा प्रहरीकै इन्स्पेक्टरका रूपमा सेवा प्रवेश गरेको २०५४/१२/१८ भर्ना मितिका एसएसपी यो बढुवा सिफारिसमा छुटेका छन् ।

उक्त व्याचबाट यसअघि नै हालका प्रहरी प्रवक्ता दानबहादुर कार्कीसहित डा. मनोजकुमार केसी र राजन अधिकारी डीआईजी भैसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top