ट्रेण्डिङ

होमपेज / समाज

दुर्गा प्रसाईँको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

नेपालगाथा २०८१ मंसिर ९ गते आइतबार १२:५९:०० मा प्रकाशित

काठमाडौँ । बुवा दुर्गा प्रसाईँलाई गैरकानूनी रूपमा थुनामा राखेको दाबी गर्दै छोरा निराजन प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन् ।

सर्वोच्च अदालतले आज आइतबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा प्रसाईँले दायर गरेको निवेदनको पेसी परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईँले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top