ट्रेण्डिङ

होमपेज / समाज

दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

साइबर अपराध मुद्दाका साथै कीर्ते र मानहानी मुद्दा पनि चल्न सक्ने

नेपालगाथा २०८१ मंसिर ४ गते मंगलबार १४:२४:१६ मा प्रकाशित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई साइबर अपराध मुद्दामा पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । प्रसाईलाई कीर्ते कागजात र मानहानी मुद्दासमेत चल्ने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक थापाका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुनेछ । ‘कीर्ते र मानहानीको कुरा पनि आएको छ, त्यसमा पनि मुद्दा चल्छ’, उनले भने ।

एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउने थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top