होमपेज / समाज
काठमाडौं । यही मंसिर १६ गते आइतबारका दिन सम्पन्न हुन गइरहेकाे स्थानीय तह उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजवुद बनाउन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ ।
निर्वाचन आयुक्त एवम उच्च स्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक सगुन समशेर जबराको अध्यक्षतामा सोमबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन विभिन्न सात बुँदे निर्णय समेत गरेको छ ।
आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन सुरक्षाका लागि सात बुँदे निर्णय गरिएको उल्लेख गरेकी छिन् ।