ट्रेण्डिङ

होमपेज / समाज

जुम्लामा निःशुल्क कान शिविर

नेपालगाथा २०८१ कार्तिक २९ गते बिहीबार १३:०२:३० मा प्रकाशित

जुम्ला । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा सञ्चालन भएको एक दिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना लाभान्वित भएका छन् ।

गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए ।

गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासी खुसी भएका  सिंजा गाउँपालिका–३ की नुन्नु उपाध्यायले बताए । पालिकाले अन्य स्थानमा पनि  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top