ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपतिद्वारा चीन र अमेरिकाकाे राजदूत नियुक्त

नेपालगाथा २०८१ कार्तिक २५ गते आइतबार १४:४९:४८ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेडले चीनका लागि प्रा.डा कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मी राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेड कोप २९ सम्मेलनमा भाग लिन जानुअघि राजदूत नियुक्त गरेका हुन् । उनी आजै कोप २९ मा सहभागी हुन अजरबैजान जाँदैछन् ।

राष्ट्रपति पौडेलले आज संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top