ट्रेण्डिङ

होमपेज / समाज

सर्वोच्च अदालतको न्यायाधीसमा निरौला र पाण्डे

नेपालगाथा २०८१ कार्तिक २३ गते शुक्रबार १७:५६:३४ मा प्रकाशित

काठमाडौं । आज बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीसमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत रूपमा अनुमोदनअनुमोदन गरेको छ ।

सुनुवाईका क्रममा सांसदहरूले सोधेका विभिन्न प्रश्नकाे प्रस्तावित न्यायाधीसहरूले उत्तर दिएका थिए ।

गत असोज ११ गते न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र तुलसीपुरका मुख्य न्यायाधीश पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरी परेका थिए भने पाण्डेविरुद्ध कुनै उजुरी परेको थिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top