होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएको घोषणा भएपछि सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत बधाई दिंदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा पुनरागमन अमेरिकी इतहासको एक ऐतिहासिक अध्याय हुनुका साथै तपाईं नेतृत्वमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगको बढावा दिने कुरामा विश्वस्त रहेकाे बताएका छन् ।
रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेट्सकी कमला ह्यारिसलाई पराजित गर्दै बुधबार ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।