ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय एकता अभिवृद्धिका साथै आससी सद्भावलाई थप सुदृढ गर्न प्रेरणा मिलाेस्

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठ पर्वकाे अवसरमा शुभकामना सन्देश

नेपालगाथा २०८१ कार्तिक २२ गते बिहीबार ०७:५६:४७ मा प्रकाशित

राष्ट्रिय एकता अभिवृद्धिका साथै आससी सद्भावलाई थप सुदृढ गर्न प्रेरणा मिलाेस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वकाे अवसरमा राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

छठ पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गर्दै प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनी राष्ट्रपति पौडेलले कामना गरेका छन् ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ । भेदभावविना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर पूजाआराधना गरी यो पर्व मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top