होमपेज / समाज
सुर्खेत । चौकुने गाउँपालिका-५ रेक्चाले दशकौंदेखि खानेपानीको समस्या झेलिरहेको छ। वर्षामा भरिएको इनार र तालको पानी खान बाध्य छन् रेक्चावासी। अहिले त कुवा भरिएको छ र अलि सहज छ। तर, फागुनदेखि असारसम्म भने यहाँ पानीको हाहाकार नै हुन्छ। त्यसबेला चौकीदार राखेर दुई गाग्रीका दरले पानी बाँडिन्छ। जसका कारण प्रत्येक वर्ष यहाँको जनसंख्या घट्दो छ। यही हो रेक्चाको मूल दु:ख।
रेक्चाको दु:ख अहिलेको हैन, उहिलेदेखिको हो। यसबीचमा धेरै कुरा बद्लिसके तर, रेक्चामा पानीको समस्या अहिलेसम्म टरेन। यहीबीचमै हो, यहाँको पानी खाएर यही माटोमा हुर्किएर थुप्रै रेक्चावासीहरू नेपाल सरकार र अन्य संस्थाको माथिल्लो पदमा पुगेर भिआईपी बने।
तर, उनीहरुले यहाँको खानेपानी समस्याको समाधान र अन्य विकास निर्माणमा के पहल गरे?
यस विषयमा स्थलगत रिपोर्टिङ गर्दा त्यहाँबाट चार जना व्यक्तिहरू नेपाल सरकार र अन्य ठाउँका महत्वपूर्ण पदमा पुगेको पत्ता लाग्यो। तर, उनीहरुले नै रेक्चालाई वास्ता नगरेको पाइयो।
रेक्चाको विकासका लागि आँखा चिम्म गर्ने भिआईपीहरू
शिवराज जोशी नेपाल सरकारको तीन पटक मन्त्री, पदमलाल देवकोटा मध्यपश्चिम विश्वविद्यालयका पहिलो उपकुलपति, टिकाराम विसी नेपाल विद्युत प्राधिकरणको निमित्त निर्देशक भइसकेका व्यक्ति रेक्चाकै स्थानीय हुन्। त्यस्तै, २०५४ देखि २० वर्षसम्म साविक गाउँ विकास समितिका अध्यक्ष भएका गोपाल विसी पनि रेक्चाकै स्थानीय हुन्।
शिवराज जोशी २०४९ सालमा यातायात सहायक मन्त्री, २०५५ मा जनसंख्या तथा वातावरण राज्यमन्त्री र २०५७ मा सूचना तथा सञ्चार राज्यमन्त्रीसमेत भएका थिए। उनले २०४८, ०५१ र ०५६ मा सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचन जिते पनि। तर, उनले सडक, विद्युत र सञ्चारको कुनै सम्झिनयोग्य काम गरेनन्।
शिवराज जोशी २०४९ सालमा यातायात सहायक मन्त्री, २०५५ मा जनसंख्या तथा वातावरण राज्यमन्त्री र २०५७ मा सूचना तथा सञ्चार राज्यमन्त्रीसमेत भएका थिए। उनले २०४८, ०५१ र ०५६ मा सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचन जिते पनि। तर, उनले सडक, विद्युत र सञ्चारको कुनै सम्झिनयोग्य काम गरेनन्।
फलस्वरुप २०५४ पछि त्यहाँको बस्ती पातलिँदै गयो। त्यसपछि जोशी गाउँ नै छोडेर नेपालगञ्जमा घर बनाएर बसाइँ सरे। रेक्चामा अहिलेपनि उनको घर छ। अछामको एक व्यक्तिलाई उनले त्यो घरमा बसालेका छन्।
पदमलाल देवकोटा २०७२ सालमा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति भएर आफ्नो कार्यकाल सके। तर, उनले रेक्चाको विकासका लागि माखो मार्न सकेनन्। उनले शैक्षिक सुधारको विषयमासमेत केही पहल गरेनन्। उनी अहिले काठमाण्डौं मा घर बनाएर बसेका छन्। रेक्चामा उनको घर भत्किएपनि जग्गा अझैपनि छ।
त्यस्तै, पदमलाल देवकोटा २०७२ सालमा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति भएर आफ्नो कार्यकाल सके। तर, उनले रेक्चाको विकासका लागि माखो मार्न सकेनन्। उनले शैक्षिक सुधारको विषयमासमेत केही पहल गरेनन्। उनी अहिले काठमाण्डौं मा घर बनाएर बसेका छन्। रेक्चामा उनको घर भत्किएपनि जग्गा अझैपनि छ।
रेक्चामा अहिले जनकल्याण आधारभूत विद्यालय छ। त्यहाँ कक्षाकोठा अभावमा विद्यार्थीहरू चौरमा बस्छन्। त्यतिमात्र होइन, विद्यालयमा शौचालयसमेत नहुँदा शौचालयका लागि स्कुलबाट घरमा जान्छन् विद्यार्थी।
टिकाराम विसी २०६८ सालमा नेपाल विद्युत प्राधिकरणको निमित्त निर्देशक बने। त्यसभन्दा पहिले लामो समयसम्म उनी प्राधिकरणकै लेखा समूहमा रहेर काम गरिसकेका थिए। तर, उनले रेक्चामा विद्युतका लागि कुनै पहल गरेनन्।
यता, टिकाराम विसी २०६८ सालमा नेपाल विद्युत प्राधिकरणको निमित्त निर्देशक बने। त्यसभन्दा पहिले लामो समयसम्म उनी प्राधिकरणकै लेखा समूहमा रहेर काम गरिसकेका थिए। तर, उनले रेक्चामा विद्युतका लागि कुनै पहल गरेनन्।
अहिलेपनि रेक्चा अन्धकारमा छ। उनी पनि काठमाडौँमा बस्छन्। रेक्चामा उनको घर छ, त्यहाँ दाइका छोरालाई बसाएका छन्।
गोपाल विसी पनि २०५४ देखि २० वर्ष लगातार गाउँ विकास समितिको अध्यक्ष भए। तर, रेक्चा अवस्था उस्तै रह्यो। उनले २०७५ सालमा प्रत्येक घरधुरीबाट १० हजारका दरले रकम उठाएर खाडगारी बेतखोला पिको जलविद्युत आयोजना ल्याए। १५ दिनमात्रै रेक्चामा बत्ति बलेर आयोजना नै अहिले लथालिङ्ग छ।
अर्का भीआईपी गोपाल विसी पनि २०५४ देखि २० वर्ष लगातार गाउँ विकास समितिको अध्यक्ष भए। तर, रेक्चा अवस्था उस्तै रह्यो। उनले २०७५ सालमा प्रत्येक घरधुरीबाट १० हजारका दरले रकम उठाएर खाडगारी बेतखोला पिको जलविद्युत आयोजना ल्याए। १५ दिनमात्रै रेक्चामा बत्ति बलेर आयोजना नै अहिले लथालिङ्ग छ।
७० वर्षीय पदमसिंह बुढा रेक्चाले उत्पादन गरेका ठूलाबडाहरूको नै बेवास्ताका कारण यहाँ विकास हुन नसकेको बताउँछन्।
‘यहाँको विकासमा चासो देखाएको भए असम्भव केही थिएन। मन्त्री, विश्वविद्यालयका उपकुलपति र विद्युत प्राधिकरणको निर्देशक रेक्चाकै पानी खाएर यही माटोमा हुर्केकाहरू भए,’ उनले भने, ‘उनीहरू आफैंमात्र बने, यहाँको विकासमा बेवास्ता गरे। आफैं सुविधा सम्पन्न शहरमा गएर बसे।’
यसरी ठूलाबडा भनिएकाहरूले गाउँप्रति हेर्ने दृष्टिकोणका कारण गाउँमा विकास हुन नसकेको उनको भनाई छ। राज्यसत्ताको साँचो समातेर आफूलाई अनदेखा गर्ने प्रवृत्तिका कारण रेक्चावासीले दुःख पाइरहेको रेक्चाकै स्थानीय अधिवक्ता किरणप्रकाश विसीले बताए।
‘पछिल्लो समय बस्ती पातलिँदो छ। त्यसको कारण कि सर्नुपर्यो कि मर्नुपर्यो,’ अधिवक्ता विसीले भने, ‘राज्य सत्तामा पुगेकाहरूको नजरमासमेत रेक्चा नपर्नु नै यहाँका नागरिकहरूले सास्ती पाइरहेका छन्।’ उकेराडटकमबाट ।