ट्रेण्डिङ

होमपेज / समाज

सरकारी कार्यालयकाे समय आजदेखि १०-४ हुने

नेपालगाथा २०८१ कार्तिक २० गते मंगलबार १७:४१:१२ मा प्रकाशित

काठमाडाै‌ं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेसँगै एक घण्टा छोटाे हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकाले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।

गएको बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा कम भए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।

गएको माघ १६ देखि कात्तिक १५ सम्म बिहान १० बजे कार्यालय खुलेर बेलुका ५ बजे बन्द हुँदै आएको थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top