होमपेज / समाज
हुम्ला । लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको हुम्लाको सिमकोट विमानस्थलमा पुनः उडान सुरु भएको छ । सोमबार नेपालगञ्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् ।
आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ । दुवै एयरलाइन्सले नेपालगञ्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।
नेपालगञ्जदेखि उडान भर्दै आएका जहाजले आफ्नो तालिकाअनुसार हुम्लामा उडान भर्दै आएका छन् । मङ्गलबारका लागि नेपालगञ्जदेखि नेपाल एयरलाइन्सले आफ्नो उडान तालिकाअनुसार उडान भर्ने भएको छ ।
नेपालीको महान् पर्व दसैँ, तिहार सकिएसँगै सिमकोटबाट जिल्लाबाहिर जाने यात्रुको चाप विस्तारै बढ्दै गएको छ । यो समयमा नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यति धेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको बताइएको छ ।