ट्रेण्डिङ

होमपेज / समाज

स्वयम्भू शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा 

नेपालगाथा २०८१ कार्तिक १२ गते सोमबार १७:५८:३९ मा प्रकाशित

काठमाडाै‌ं । युगकवि सिद्धिचरणका कालजयी रचनाहरुको समीक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा आएको छ । साहित्यकार, समिक्षक तथा समालोचक स्वयम्भु शाक्यद्धारा लिखित पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले हालै बजारमा ल्याएको हो ।

पुस्तकमाथि युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले मन्तब्य जाहेर गर्नु भएको छ । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणिन्द्रराज निरौलाले प्रकास पार्नु भएको छ । डा निरौलाले पुस्तकमाथी टिप्पणी गर्दै भन्नु भएको छ ‘प्रस्तुत पुस्तक युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरु अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो ।’ 

त्यसैगरी पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकवि सिद्धिचरणका केही कविता र खण्डकाब्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपुर्ण दस्ताबेज भएको बताउनुभएको छ । लेखक शाक्यले दुइ बर्षको तयारी पछि पुस्तक बजारमा आएको बताउनु भएको छ ।

६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भिमशेन थापा शीर्षकको खण्डकाब्यका बारेमा अध्ययन गरि लेखिएको पुस्तक ५४० पेजको रहेको छ । मन छुने शैलीमा लेख्ने खुबी भएका शाक्यले युगकविको रचनाहरुलाई समिक्षा मार्फत थप पठनीय बनाउनु भएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top