होमपेज / समाज
काठमाडौं। सरकारले ट्राफिक नियम उल्लंघन गरेमा डिजिटल चलान दिने प्रणाली सुरू गरेकाे छ । आज उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच इ चलान प्रणालीको सुरूवात गरिएको हो । गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान (डिजिटल चिट) को उद्घाटन गरे । चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन सकिनेछ ।
यो प्रणालीको सुरूवातसँगै अब चालकले लाइसेन्स बोक्नु नपर्ने भएको छ । चालकले ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत आफ्नो चालक अनुमति पत्र देखाए हुन्छ । कारबाहीका लागि ट्राफिक प्रहरीले नागरिक एपमा देखाइने क्युआर कोडलाई स्क्यान गरी डिजिटल भुक्तानी गर्नुपर्नेछ ।
डिजिटल पेमेन्टकाे शुरुवातसँगै अब नागरिक बैंकमा गएर भुक्तानी गर्नुपर्ने झन्झटबाट भने मुक्त हुनेछन् ।