ट्रेण्डिङ

होमपेज / समाज

रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरी नियन्त्रणमा

नेपालगाथा २०८१ कार्तिक २ गते शुक्रबार १९:०५:११ मा प्रकाशित

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो ।

रविलाई पक्राउ गर्न सीआईबीका एसपी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।

लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top