ट्रेण्डिङ

होमपेज / समाज

असल नागरिक बनाउन प्रविधियुक्त गुणस्तरीय शिक्षाकाे खाँचाे

नेपालगाथा २०८१ आश्विन ३० गते बुधबार १९:५८:१४ मा प्रकाशित

दैलेख । प्रतिनिधि सभा सदस्य अम्मरबहादुर थापाले बालबालिकालाई भविष्यमा असल नागरिक बनाउन प्रविधियुक्त गुणस्तरीय शिक्षाको खाँचो रहेको बताउनुभएकाे छ । ६९औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भविष्यका कर्णधार बालबालिकाकाे उज्जवल भविष्य र युवा वर्गकाे चेतना जगाउन सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जाेडदिनुभयाे । 

यसैगरी नारायण नगरपालिकाका मेयर लोमन शर्माले जिल्लामा प्रहरीले गरिरहेको शान्ति सुरक्षा व्यवस्थापन गर्ने सन्दर्भमा प्रहरीले गरिरहेको प्रयासकाे प्रशंसा गर्दै शान्ति सुव्यवस्थामा सघाउन आवश्यकता अनुसार स्थानीय सरकारहरु सधैं तयार रहेको बताउनुभयाे ।

दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले झण्डै तीन सय वर्षदेखि नेपालमा पहिले चौकीदारी शव्दावलीबाट सुरु भई पछि अरु नाम हुँदै २०१२ सालमा नेपाल प्रहरी संगठनको स्वरुपमा आउँदासम्म देशको शान्ति, सुरक्षासँगै अपराध अनुसन्धान पद्धतिमा अब्बल योगदान पुर्याएको बताउनुभयाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top