ट्रेण्डिङ

होमपेज / समाज

निजामती कर्मचारी संयन्त्र थप सुदृढ भइ नागरिकमुखी सेवा प्रभावकारी हुने

कर्णाली प्रदेशकाे पहिलो निजमती दिवस

नेपालगाथा २०८१ आश्विन २९ गते मंगलबार १०:४६:४५ मा प्रकाशित

सुर्खेत । कर्णाली पदेशको पहिलो प्रदेश निजामती सेवा दिवसकाे अवसरमा मुख्यमन्त्री यामलाल कँडेलले शुभकामना सन्देश दिनुभएकाे छ । शुभकामना सन्देशमा निजामती कर्मचारी संयन्त्र थप सुदृढ बनाउनका लागि कर्णाली प्रदेशले शुरुवात गरेकाे निजामती सेवा ऐनले नागरिकमुखी सेवा वितरण अझ बढी प्रभावकारी हुने मुख्यमन्त्री कँडेलको विश्वास गर्नुभएकाे छ ।

निजामती सेवा भनेको सरकारले जनतासँगको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने सेतु रहेको भन्दै मुख्यमन्त्री कँडेलले निजामती सेवाको प्रभावकारिताले राज्यका नीतिगत निर्णयहरूलाई व्यवहारमा लागू गर्न र प्रत्यक्ष रुपमा जनतासँग सरकारको सम्बन्ध स्थापित गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।

सार्वजनिक सेवालाई अझ प्रभावकारी,जनमुखी र पारदर्शी बनाउँदैं कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि यो दिवसले महत्वपूर्ण प्रेरणा दिने शुभकामना सन्देशमा उल्लेख छ ।

कर्णालीको दुर्गम भूगोल र विविध चुनौतीहरूको बाबजुद पनि निजामती कर्मचारीहरूले सेवा प्रवाहमा सुधार ल्याउन निरन्तर खटिएको प्रशंसा गर्दै मुख्यमन्त्री कँडेलले कर्मचारीहरूको मेहनत र समर्पणको कदर गर्दे आगामी दिनहरुमा सार्वजनिक सेवा प्रवाहमा थप सुधारसहित नागरिकको सेवामा समर्पित भई कुशलता र इमानदारीपूर्वक कार्य गर्न यस दिवसले प्रेरित गर्ने अपेक्षा लिनुभएकाे छ ।

कर्मचारीको क्षमता अभिवृद्धि र उचित प्रोत्साहनको व्यवस्था गर्दै सशक्त सेवा प्रवाहमा सहयोग र उचित वातावरण निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको शुभकामना सन्देशमा भनिएकाे छ ।

कर्णाली प्रदेश सरकारले २०८०  असोज २९ गते पहिलो पटक प्रदेश निजामती सेवा दिवस ऐन जारी गरेकाले आजकाे दिनलाई प्रदेश निजामती दिवसका रुपमा मनाउन लागिएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top