ट्रेण्डिङ

होमपेज / समाज

आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

नेपालगाथा २०८१ आश्विन २९ गते मंगलबार १०:१२:०० मा प्रकाशित

काठमाडौं । आज आश्विन शुक्लपक्ष त्रयोदशीका दिन पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी रहेकाे छ । विजया दशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ ।

मान्यजन टाढा टाढा हुनेहरुले विजया दशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । 

यस वर्ष असोज ३० गते बुधबार अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसै समापन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top