ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रसङ्घको महासभामा सहभागिताबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई जानकारी

नेपालगाथा २०८१ आश्विन २१ गते सोमबार १७:५०:२४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी गराएका छन् । आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता गर्दै हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे ‘रिपोर्टिङ’ भएको हाे ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायतकाे सहभागिता थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top