ट्रेण्डिङ

होमपेज / समाज

बजार अनुगमन टोलीसंगै वाणिज्यमन्त्री भण्डारी बजार अनुगमन गर्दै

गुनासो आएका ठाउँहरुमा अनुगमन गरी तत्काल कारबाही

नेपालगाथा २०८१ आश्विन २० गते आइतबार २०:३५:०१ मा प्रकाशित

काठमाडाै‌ं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आइरहेको छ । विभागले एक महिनाको अवधीमा एक हजार बढी ठाउँमा अनुगमन गरिसकेको छ । विभागले आइतबार काठमाडाैंको कालिमाटी तरकारी तथा फलफुल बजारमा अनुगमन गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पुग्नुभयो ।

अनुगमनका क्रममा अस्वभाविक महंगी र व्यापारमा अनियमितता देखिएपछि केहि पसलहरुलाई सिल गर्न मन्त्री भण्डारीले निर्देशन दिनुभएको छ । व्यापारिले खरिद मुल्यभन्दा अत्याधिक नाफा राखेर सामान बिक्री वितरण गरेको पाइएको छ भने, बिलबिजक बिनै कारोबार गरेको पाइएको छ । केहि तरकारी र मासुजन्य पसलहरुमना सरसफाइमा पटक्कै ध्यान नदिएको पाइएको छ ।

माछामासु अव्यवस्थित रुपले फ्रीजिङ गरिएको तथा सरसफाइ ध्यान नदिएको पाइएको हो । अनुगमन टोलि जाँदा व्यापारीहरु पसल बन्द गरि भाग्ने र अनुगमन टोलिलाई असहयोग गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । बजारमा भेटिएका उपभोक्ताहरुले खरिद मुल्य भन्दा १० गुणा बढीसम्म नाफा राखेर बिक्री गरी उपभोक्ता ठग्ने कार्य भैरहेकाले यस्ता व्यापारीलाई कारवाही गर्न माग गरेकाछन् ।

मन्त्री भण्डारीले गुनासो आएका ठाउँहरुमा अनुगमन गरी तत्काल कारबाही गरिरहेको बताउनुभयो । उहाँले वर्षाका कारण श्रृजित प्राकृतिक विपदको पीडा भोगिरेका उपभोक्ता नठग्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो भने, अस्वभाविक ढंगले कानुन विपरीत व्यवसाय सञ्चालन गर्ने व्यापारिलाई कारवाहिगर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top