ट्रेण्डिङ

होमपेज / समाज

नेपाल पत्रकार महासंघकाे निर्वाचन मङ्सिर २८ गते

प्रदेशले थप गरेका नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय

नेपालगाथा २०८१ आश्विन २० गते आइतबार २०:२२:३९ मा प्रकाशित

काठमाडाै‌‌ । नेपाल पत्रकार महासंघको निर्वाचन मङ्सिर २८ गते शुक्रबार गर्न निर्णय भएकाे छ। मध्यपुर थिमिको बोडेमा गएराति सम्पन्न भएको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले याे मिति तय गरेकाे हाे । नेपाल पत्रकार महसंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला शुरु भएको थियो ।

भेलाले महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top