होमपेज / समाज
काठमाडौँ । खसी, बोका र च्याङ्ग्राको बिक्री आइतबारदेखि खुला हुने भएकाे छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोकाको प्रतिकेजी ६७० रुपैयाँ मूल्य निर्धारण गरेकाे छ । कम्पनिले उक्त मूल्यमा १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा बिक्री खुला गरेको हो ।
यस्तै च्याङ्ग्रा प्रतिकेजी १ हजार २ सय ३० रुपैयाँ मूल्य निर्धारण गरेर १० रुपियाँ छुुट दिँदै १ हजार २ सय २० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसी, बोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।