होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसहित मन्त्रालयकाे टाेलीसँग आज वीरेन्द्रनगरमा बड्डीचाैर- खम्बागाढे सडककाे वन मन्त्रालयमा राेकिएकाे भाेगाधिकार सम्बन्धी प्रक्रिया छिटाे अघि बढाउने सम्बन्धमा छलफल भएकाे छ। साे अवसरमा मुख्यमन्त्री कंडेलले बड्डीचाैर- खम्बागाढे सडककाे वन मन्त्रालयमा राेकिएकाे भाेगाधिकारका कारणले सुर्खेत पश्चिमका जनताले निकै दु:ख झेल्नुपरेकाे जानकारी गराउनुभएकाे थियाे ।
कर्णाली प्रदेशकाे मुगुबाट निर्वाचित मन्त्री शाहीलाई उहाँले सम्हालेकाे मन्त्रालय अन्तरगतका विभिन्न विषयमा मुख्यमन्त्री कंडेलले ध्यानाकर्षण गराउनुभएकाे मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ । जसअन्तर्गत मूलपानी -रानीघाट - तेलपानी- भुरीगाँउ सडक अन्तरगत पर्ने राष्ट्रिय निकुन्जमा देखिएकाे समस्या समाधान गर्नुका साथै बर्दिया राष्ट्रिय निकुन्जकाे सुर्खेततर्फ अधिकार सम्पन्न कार्यालय स्थापना गर्नका लागि पहल चाल्न समेत आग्रह गर्नुभएकाे थियाे ।
.jpg)
यसैगरी रारा ताल र फाेक्सुण्डाे ताललाई मुख्य पर्यटकीय गन्तव्य बनाउन मन्त्रालयकाे तर्फबाट सहजीकरण गर्नुका साथै कर्णालीकाे जडीबुटीलाई प्रशाेधन गरी यसबाट प्रदेशले समेत लाभ लिनसक्ने अवस्थामा केन्द्रीय सरकारमा सहजीकरण गर्नका लागि मुख्यमन्त्री कंडेलले आग्रह गर्नुभएकाे छ ।
वनमा हाल कुहिएर तथा सड्दै गरेका रूखकाे व्यवस्थापनमा मन्त्रालयले सहजीकरण गरेर प्रदेशकाे आन्तरिक राजस्व वृद्धिमा सहयाेग गर्नुका साथै जलविधुत, सडक लगायतका पूर्वाधार निर्माणमा वन मन्त्रालयबाट हुने अनावश्यक झंझटिलाे प्रक्रियालाई छिटाे र छरिताे हुने गरी सहज बनाउन समेत मुख्यमन्त्री कंडेलले संघीय सरकारका वन तथा वातावरण मन्त्री शाहीकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।