ट्रेण्डिङ

होमपेज / समाज

१४ जिल्लाका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

नेपालगाथा २०८१ आश्विन १८ गते शुक्रबार १८:५८:५९ मा प्रकाशित

काठमाडौं । बाढी पहिरोबाट बढी प्रभावित भएका १४ जिल्लाका विभिन्न स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका विभिन्न स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

गृहमन्त्री रमेश लेखक नेतृत्वमा बसेको समितिको बैठकले पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको बैठकमा सहभागी एक सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।

ती सदस्यका अनुसार ती स्थानीय तहलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top