ट्रेण्डिङ

होमपेज / समाज

बाढीपहिरोमा परेर २२६ जनाकाे मृत्यु

नेपालगाथा २०८१ आश्विन १५ गते मंगलबार २१:३०:४१ मा प्रकाशित

काठमाडौं। अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २२६ जनाको मृत्यु भएको छ ।  बाढीपहिरो र डुबानका कारण २५ जना अझै बेपत्ता छन् भने १५९ जना घाइते भएका छन् ।

अहिलेसम्म बाढी पहिरोबाट १३ हजार ६१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएकाे छ ।

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भईरहेको हुँदा लामो यात्रामा निस्किनु अघि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top