ट्रेण्डिङ

होमपेज / समाज

उद्धार, राहत र पुनः स्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह

नेपालगाथा २०८१ आश्विन १४ गते सोमबार ११:०९:०३ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनः स्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी इन्चार्जसमेत रहेका राईले प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्तालाई यस्तो आह्वान गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले प्रदेशका विभित्र स्थानमा भएको जनधनको क्षतिले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै घाइतेको उपचार र बेपत्ताको तीव्र खोजी गर्न संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । विज्ञप्तिमा भनिएको छ, “घाइतेको उद्धार, उपचार, बेपत्ताको खोजी तथा मृतकका परिवारलाई राहत एवं पुनः स्थापनाका लागि तीनै तहका सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top