ट्रेण्डिङ

होमपेज / समाज

सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त

नेपालगाथा २०८१ आश्विन ७ गते सोमबार १४:२०:४८ मा प्रकाशित

सुर्खेत । सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ ।  

मृतक महिलाका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् । सोमबार बिहान वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय शर्मिला सुनारको उपचारका क्रममा मृत्यु भएको थियाे ।

आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी सुनारले गए राती नै मृत शिशुलाई जन्म दिएकी थिइन् । त्यसपछि अत्याधिक रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको हो । आफन्तले आन्दोलन गरेपछि त्यहाँ प्रहरी तैनाथ गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top