होमपेज / समाज
बैतडी । बैतडीमा भूकम्पको धक्का महसुस भएको छ। जिल्लाको सिगास गाउँपालिकाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भूकम्प मापन सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा उक्त ठाउँ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।