ट्रेण्डिङ

होमपेज / समाज

हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रूपैयाँ छुट

नेपालगाथा २०८१ आश्विन ४ गते शुक्रबार १७:३८:४७ मा प्रकाशित

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ। 

हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए।  
 
कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ। तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर सात रुपैयाँ छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए।  

अरुवा मोटा चामलको एक हजार ५२५, अरुवा सोना मन्सुली एक हजार ७२५ र स्टिम जिरामसिनो दुई हजार २५० रुपैयाँमा बिक्री गर्ने व्यापार कम्पनीले जनाएको छ । 

यसअघि अरुवा मोटा चामलको एक हजार ६५० रुपैयाँ, अरुवा सोना मन्सुली एक हजार ८५० रुपैयाँ, स्टिम जिरा दुई हजार ३७५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। 

२५ केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट रु १२५ छुटमा बिक्री हुन लागेको हो। यस्तै सूर्यमुखी तेल प्रतिपेटीको रु दुई हजार २३० र तोरी तेलको प्रतिपेटी  दुई हजार ३० मा बिक्री हुन लागेको हो। 

सहुलियत मूल्यमा खाद्यान्न बिक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गर्ने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top