होमपेज / समाज
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यही हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको बताएकाे छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते एसइईको नतिजा सार्वजनिक गरेको थियो । तर, सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना फेल भएका थिए ।
बोर्डले ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने निर्णय गरेको थियो। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा दुईभन्दा बढी विषयमा एनजी अर्थात् नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको थियो।
परीक्षा बोर्डका अनुसार उक्त मौका परीक्षामा एसइई परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भन्दा बढी भए पनि दुई लाख १० हजार मात्रै परीक्षामा सहभागी भएका छन्। फाराम भरेका ३२ हजार विद्यार्थीहरू भने परीक्षामा सहभागी भएनन् ।
२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको एसइई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको थियो ।