ट्रेण्डिङ

होमपेज / समाज

प्रधानन्यायाधीशमा राउत सिफारिस

नेपालगाथा २०८१ भाद्र ३१ गते सोमबार १९:२१:४३ मा प्रकाशित

काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा राउतलाई छनोट गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् । श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

संवैधानिक परिषदले सिफारिस गरेपछि उनको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top