होमपेज / समाज
काठमाडौँ । सरकारले नवनिर्मित धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हाे ।
संविधान दिवसको अवसर पारेर धरहर सञ्चालनमा ल्याउने निर्णय गरेको हाे । २०७२ सालको भूकम्पले भत्किएपछि धरहराको पुनर्निर्माण गरिएको हो ।
उक्त नयाँ धरहराको २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर धरहराको पूरा क्षेत्र पुनर्निर्माण अधुरै रहेका बेला उद्घाटन गरिएपछि आलोचना भएको थियो ।