होमपेज / समाज
सर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गरिएको छ । भदौ २८ मा हुने भनिएको चुनाव उच्च अदालत सुर्खेतले बिहीबार निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चुनाव स्थगित भएको हो ।
बुधबार विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि संकायका विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतले अर्को आदेश नआएसम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालयका स्ववियु निर्वाचन अधिकृत त्रिभूवन विसीले स्टे अर्डर आएको बताउँदै असोज ६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको खबर आएको बताए ।
असोज ६ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुनका लागि अदालतले आदेश जारी गरेको छ ।