होमपेज / समाज
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि समारोह स्थगित गरिएको हाे ।
दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी भइसकेको थियो । कार्यक्रममा प्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुने थिए । एक्कासि प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भएपछि कार्यक्रम स्थगित भएको हाे ।
स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको हाे । प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुदै छन् ।
प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् ।
स्थगित गरिएकाे दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने बताईको छ ।
.jpg)