होमपेज / समाज
काठमाडौँ । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो ।
सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर स्वैच्छिक अवकाश लिएका थिए ।