ट्रेण्डिङ

होमपेज / समाज

“एमयु र आइआइटी इन्दोरबीच समझदारी पत्रमा हस्ताक्षर”

नेपालगाथा २०८१ भाद्र १८ गते मंगलबार २१:०९:४१ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमविश्वविद्यालय नेपाल र भारतको मध्यप्रदेशमाअवस्थित आइआइटी इन्दोरबीचदुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मध्यपश्चिमविश्वविद्यालय सहकार्य तथाअध्ययन संस्थान सानेपाको बैठक हलमाआयोजित एक कार्यक्रममादुई संस्थाकाप्रमुखबीचमंगलबार समझदारी पत्रमा हस्ताक्षर भई आदानप्रदानभएको हो । 

उक्त समझदारी पत्रमामध्यपश्चिमविश्वविद्यालयकातर्फबाट उपकुलपतिप्रा. डा. ध्रुवकुमार गौतम र आइआइटीइन्दोरका तर्फबाट डाइरेक्टर प्रा.सुहाश एस. जोशीले हस्ताक्षर गर्नुभएको छ । 

उक्तअवसरमामध्यपश्चिमविश्वविद्यालयको तर्फबाट एमआइसिडीका कार्यकारी निर्देशकप्रा.डा. दिनेशराजभुजु र आइआइटी इन्दोरका तर्फबाट डीन प्रा. सोनावानीले आ–आफ्नो संस्थामाचलेका शैक्षिकतथा प्राज्ञिक कार्यक्रम र भइरहेका विभिन्नकार्यहरुको प्रगतिप्रतिवेदनप्रस्तुतगर्नुभएको थियो । 

कार्यक्रममाउपकुलपतिप्रा.डा. गौतमले दुई शैक्षिक संस्थाबीचभएको सम्झौताका माध्यमबाट प्राध्यापकतथाविद्यार्थी आदानप्रदानहुनुका साथै अनुसन्धान र प्रकाशनकालागि सहकार्य र शैक्षिक भ्रमण मार्फत्प्राध्यापकएवं विद्यार्थी लाभान्वितहुने र आपसी समझदारी तथादुई पक्षीय सहयोग विस्तार हुने विश्वास व्यक्तगर्नुभएको थियो ।

कार्यक्रममामध्यपश्चिमविश्वविद्यालय ग्य्राजुएट स्कुलअफ साइन्स एण्ड टेक्नोलोजीतथा ग्य्राजुएट स्कुलअफइञ्जिनियरिङ्गका डीन सह प्रा.डा. सुदीप ठकुरी, आइआइटीका डीन प्रो. अविनाश सोनावानीलगायतप्राध्यापक, कर्मचारीको उपस्थिति रहेको थियो । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top