ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय सभा बैठक बस्दै

नेपालगाथा २०८१ भाद्र १८ गते मंगलबार १२:१५:४८ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएकाे छ । आजकाे बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । 

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने छन् । 

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top