ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेल चढेको हेलिकप्टर आकस्मिक अवतरण

नेपालगाथा २०८१ भाद्र १६ गते आइतबार २०:१५:०३ मा प्रकाशित

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकप्टर आकस्मिक अवरण गरिएको छ । डोल्पाबाट सुर्खेत जाँदै गरेको मुख्यमन्त्री कँडेल चढेको हेलिकप्टर रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीमा अवरण गरिएको हाे ।

डोल्पाको त्रिपुरासुन्दरी दर्शन तथा एउटा मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसमको खराबीका कारण मुख्यमन्त्री कँडेल चढेको सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकप्टर राडीस्थित आठबिसकोट नगरपालिका– ९ रंगशालामा अवतरण गरेको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्टराईले जानकारी दिए । 

हेलिकप्टरमा मुख्यमन्त्रीसहित उनकी पत्नी, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालकसहित ५ जना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top