ट्रेण्डिङ

होमपेज / समाज

पत्रकार नवराज बजगाईलाई एकैदिन दुईसहित यो महिना तिन सम्मान

नेपालगाथा २०८१ भाद्र १६ गते आइतबार ११:४८:०० मा प्रकाशित

काठमाडौं । सञ्चारकर्मी नवराज बजगाई एकै दिन दुई पटक सम्मानित भएका छन । शनिबार साप फल्चा बबरमहल काठमाडौंमा आयोजित कार्यक्रममा खेलक्षेत्रको तर्फबाट र मिरावल रिसोर्ट धुलिखेलमा आयोजित एक अर्को कार्यक्रममा गरी एकै दिन दुई पटक सम्मानित भएका हुन ।

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको शनिबार काठमाडौंमा आयोजित तेश्रो महाधिवेशनको अवसरमा पत्रकार बजगाईलाई खेल क्षेत्रमा योगदान पुयाए बापत सम्मान गरीएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय अध्यक्ष डा। पूर्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो । पत्रकार बजगाईलाई अध्यक्ष पाण्डे, प्रमुख सल्लाहकार डा। चुडादेव सिं लामा, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक भिम ढकाललगायतले दोसल्ला र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।

सम्मानपत्रमा विगत लामो समयदेखि निरन्तर पत्रकारीता र समाज सेवाको माध्यमबाट यहाँले समाज रुपान्तरणमा पुयाउनु भएको योगदान अतुलनिय छ । आफ्नो आवाज र कलम समाजप्रति सर्मपित गर्दै समृद्ध नेपाल निर्माणमा खेल्नु भएको भुमिका महत्व पूर्ण छ ।

साथै सामाजिक कार्य र समाज सेवामा तपाईले पुयाउनु भएको योगदान झनै उत्कृष्ट रहेको छ । पत्रकारिता मार्फत खेलको क्षेत्रको विकासमा यहाँले गर्नुभएको मायासमेतको उच्च प्रशंसा गर्दै तपाईलाई नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको तेश्रो महाधिवेशनको अवसरमा यो सम्मान अर्पण गर्दछौ ।

साथै यहाँको उज्वल भविष्यको कामना सहित आगामी दिनमा पनि सामाजिक कार्य निरन्तरताको कामना गर्दछौं । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाई पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक/प्रधान सम्पादक रहेका छन ।

सोहि दिन नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाले आयोजना गरेको तिज बिशेष कार्यक्रममा पनि पत्रकार नवराज बजगाईलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा पत्रकारीता र समाज सेवाको माध्यमबाट बजगाईले समाज रुपान्तरणमा पुयाउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको सांस्कृतिक शाखा प्रमुख रामकृष्ण पोख्रेलले जानकारी दिनु भयो ।

यहि भदौ १ गते थाईल्याण्डको राजधानी बैंङ्ककमा नेपालको तर्फबाट पहिलो पटक भएको गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा समेत बजगाईलाई सम्मान गरिएको थियो । यसअघि पनि बिभिन्न संघ संस्थाबाट धेरै पटक सम्मानित भै सकेका पत्रकार बजगाईको स्थायी ठेगाना काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा।वि।स।–७, हाल मण्डनदेउपुर–४, रहेको छ । उनी सामाजिक कार्यमा पनि निक्कै सक्रिय रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top