ट्रेण्डिङ

होमपेज / समाज

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

नेपालगाथा २०८१ भाद्र १६ गते आइतबार १०:३७:५२ मा प्रकाशित

नयाँ दिल्ली । मर्मत कार्यको लागि  विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको थियो ।

हेलिकप्टरले केहि दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए।

'हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले बताए। टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ',  चौबेले भने। 

हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ) को टोली दुर्घटनास्थलमा पुगेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । 

पाइलट सकुशल रहेको र दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागिनसकेकाले अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ ।   

प्रतिक्रिया

सम्बन्धित खवर

Top