ट्रेण्डिङ

होमपेज / समाज

सुनसरीमा चट्याङ लागेर दुईजना घाइते

नेपालगाथा २०८१ भाद्र १४ गते शुक्रबार १०:१६:१० मा प्रकाशित

इनरुवा । सुनसरीको कोशी गाउँपालिका-४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन्।

स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइने भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए। अक्रमको अवस्था गम्भीर रहेको छ। दुवैको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top