ट्रेण्डिङ

होमपेज / समाज

भेरी लिफ्टिङ खानेपानीको सम्झौतामा हस्ताक्षर,तीन वर्षमा वीरेन्द्रनगरमा पानी आउने

निर्माण कम्पनीसँग तीन अर्ब ५० करोड आठ लाख १५ हजार दुई सय ८० रुपैयाँ ६१ पैसा लागतमा सम्झौता भएको हो ।

नेपालगाथा २०८१ भाद्र १३ गते बिहीबार १६:१८:३४ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बहुचर्चित ‘ड्रिम’ प्रोजेक्ट भेरी लिफ्टिङ आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ ।  संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट बन्न लागेको भेरी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण सम्झौता भएको हाे ।

बुधबार आयोजना इकाईका प्रमुख सञ्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनियाँ कम्पनी सिंज्याङ टर्म्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसन कम्पनी लिमेटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठबिच निर्माण सम्झौता भएको हो ।

आगामी तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हाे । ग्लोबल टेण्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायी मध्ये चिनियाँ कम्पनी छनौटमा परेको हाे ।

संघीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा चालु आर्थिक वर्ष २०८१/०८२ बाट संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर उपत्यकामा ल्याउन सुरु गरेको हो ।

जसमा संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनु पर्ने हुन्छ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फण्ड’अन्तर्गत प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा पाँच करोड रूपैयाँ विनियोजन गरेको छ, भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top