ट्रेण्डिङ

होमपेज / समाज

एमयुमा स्ववियु निर्वाचन

उम्मेदवारको अन्तिम नामावली प्रकाशन

नेपालगाथा २०८१ भाद्र १२ गते बुधबार ०९:१८:२९ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा यही भदौ २८ गते हुन लागेको स्ववियु निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन अधिकृतको कार्यालयले मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

प्रकाशित नामावली अनुसार स्ववियु अध्यक्षमा ६ जनाको उम्मेदवारी कायम भएको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका उमेश उपाध्याय, स्वतन्त्रबाट युवराज चपाईँ, अनेरास्ववियुका जगतजंग शाही, नेपाल विद्यार्थी संघका रोशन बस्नेत, अखिल क्रान्तिकारीका दिपक खड्का र नेपाल क्रान्तिकारी विद्यार्थी संघका अस्मिता सुनारको उम्मेदवारी कायम भएको छ । 

यस्तै स्ववियु सचिवमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका सन्देश शाही, अनेरास्ववियुका विजय कार्की, नेपाल विद्यार्थी संघका भूपेन्द्र आचार्य, अखिल समाजवादीका चिनबहादुर सहकारी र स्वतन्त्रतर्फ सविन रोकायको उम्मेदवारी कायम भएको छ । 

यसैगरी कोषाध्यक्षमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकाका संगिता कुमारी शाही, अनेरास्ववियुका सीता रोकाय, नेपाल विद्यार्थी संघका हिमाल कोइराला, अनेरास्ववियूका दिलबहादुर शाही र स्वतन्त्रतर्फ धनु रोकायको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृत त्रिभुवन बिसीले जानकारी दिए । सदस्यका लागि भने २२ जना उम्मेदवारहरुको उम्मेदवारी कायम भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top