होमपेज / समाज
सुर्खेत । मध्यपश्चिमविश्वविद्यालयको १५औं सभाको बैठक प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार, काठमाडौंमा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले मध्यपश्चिमविश्वविद्यालयले भौतिक एवं शैक्षिक क्षेत्रमा प्रगति गर्दै समग्र कर्णाली प्रदेश र देशको शैक्षिक विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो ।
उहाँले कर्णालीको प्राकृतिक, मौलिक, सांस्कृतिक र समग्र स्रोत साधनको उच्चतम उपयोग गर्दै मध्यपश्चिमविश्वविद्यालय अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रको रुपमा आफ्नो भूमिकालाई बढाउ नुपर्नेमा जोड दिनुभयो । साथै प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा रहेका चुनौती र समस्याप्रति सरकार र आफू गम्भीर हुनुका साथै उचित सामाधानतर्फ ध्यान केन्द्रित भएको समेत बताउनुभयो ।
.jpg)
विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले विश्वविद्यालयमा २०७४ सालपछि कुनै पनि नयाँ दरबन्दी स्वीकृत नभएको तर २०७४ साल यता थुप्रै कार्यक्रम तथा विषयहरु थपिएको जानकारी दिनुभएको थियो ।
साथै उपकुलपति प्राडा गौतमले विद्यार्थी संख्या बढेको भएता पनि थप दरबन्दी स्वीकृत नहुँदा विश्वविद्यालयलाई गतिशिल तरिकाबाट सञ्चालन गर्न कठीन भएको जानकारी दिनुभयो । उहाँले आवश्यक दरबन्दीबिना नै राष्ट्रका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति तथा अन्य जनशक्ति उत्पादन गर्ने कार्यमा अत्यन्तै कठिनाई भएकाले आवश्यक दरबन्दी स्वीकृति कार्या देशका लागि प्रधानमन्त्री तथा कुलपति समक्ष अनुरोध समेत गर्नुभयो ।
.jpg)
विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले सभाको संचाल नगर्दै गतआव २०८१/८२ को बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव पास गर्नुभएको थियो । सभामा आव २०८१/८२ को प्रस्तावित बजेटसहितको कार्यक्रम सम्बन्धी प्रस्ताव तथा मपविश्वविद्यालयको आर्थिक–प्रशासनिक नियमावली संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।
विश्वविद्यालय सभाले सभामा प्रस्तुतगरिएका सम्पूर्ण प्रस्तावहरुलाई सर्वसम्मतिले पारित गरेको छ । विश्वविद्यालयको १५औं सभाको समापन गर्दै शिक्षामन्त्री एवं मध्यपश्चिमविश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले समयानुकुल बजारमा खपत हुने विद्यार्थी उत्पादनमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उक्त सभामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीयामलाल कंडेल, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारी, सांसदहरू, पूर्वमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, मपवि सेवा आयोगका अध्यक्ष तथा सदस्य, अर्थ मन्त्रालयका सचिव, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका प्रमुख सचिवलगाय तथा विश्वविद्यालयका सभासदहरू र अन्य आमन्त्रित विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।
.jpg)